खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन
सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान निधन भएको छ।
३९ वर्षीय अध्यक्ष शेर्पा झण्डै एक वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनको आज बिहान मृत्यु भएको गाउँपालिकाका उपाध्यक्ष टसल्हामु शेर्पाले जानकारी दिइन्। उनलाई आन्द्राको क्यान्सर भएको थियो।
पछिल्लो समय काठमाडौंमा उपचार गराएका उनको स्वास्थ्यमा सुधार नभएपछि चिकित्सकहरुकै सल्लाहमा १० जेठमा हेलिकोप्टरबाट घर लगिएको थियो। त्यसपछि उनले अध्यक्षको कार्यभार उपाध्यक्षलाई दिएका थिए। शेर्पा तत्कालीन एमालेबाट निर्वाचित भएका थिए।