थप ४२५ जना कोरोना संक्रमित भेटिए, एक जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ४२५ जना कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७६० पुगेको छ ।
देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४२५ जनामा कोरोना देखिएको र संक्रमण देशका ७३ जिल्लामा फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।