अर्थ/बजार आइतबार, जेठ ३२, २०७७

महालक्ष्मी ब्यांकद्वारा शौचालय निर्माणका लागि विद्यालयलाई सहयोग

हिमालखबर

महालक्ष्मी ब्यांकद्वारा शौचालय निर्माणका लागि विद्यालयलाई सहयोग

महालक्ष्मी विकास ब्यांकले रुपन्देही र चितवनमा दुईवटा विद्यालयमा महिलामैत्री शौचालय निर्माणका लागि सहयोग गरेको छ।

ब्यांकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग उपलब्ध गराएको जनाएको छ।

ब्यांकको भैरहवा र नारायणगढ शाखाले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–९ मा अवस्थित भानु माध्यमिक विद्यालय र चितवनको भरतपुर महानगरपालिका–११ मा अवस्थित जखडीमाई राष्ट्रिय आधारभूत विद्यालयलाई सो सहयोग गरेको हो।

उक्त सहयोगका लागि ब्यांकले दुवै विद्यालयलाई १ लाख ५० हजारका दरले जम्मा रु. तीन लाख प्रदान गरेको हो।

गत २९ जेठमा एक कार्यक्रमका बीच ब्यांकका सञ्चालक समितिका सदस्य राहुल अग्रवालले रोटरी क्लब अफ लुम्बिनी सिद्धार्थनगरका अध्यक्ष ठाकुरकुमार श्रेष्ठलाई रु. एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेका थिए।

त्यसैगरी ३० जेठमा महालक्ष्मी विकास बैंकको नारायणगढ शाखा प्रबन्धक वीरेन्द्रकुमार चौधरीले रोटरी क्लब अफ भरतपुरका अध्यक्ष सुरेशसेन ठकुरीलाई रु. एक लाख ५० हजार रकमको चेक हस्तान्तरण गरेका थिए।

प्रतिकृया दिनुहोस