अर्थ/बजार आइतबार, जेठ ३२, २०७७

सिप्रदीद्वारा वेब पोर्टल मार्फत अनलाइन बुकिङको शुरुवात

हिमालखबर

सिप्रदीद्वारा वेब पोर्टल मार्फत अनलाइन बुकिङको शुरुवात

कोरोना महामारीको वेलामा टाटा मोटर्सले नेपालमा आफ्नो सम्पर्क रहित बुकिङ वेब पोर्टलको शुरुवात गरेको छ।

https://tatacars.sipradi.com.np/मा गएर हेर्न सकिने यो वेब पोर्टललाई बन्दाबन्दीका कारण टाटा मोटर्सका पेसेन्जर भेहिकलका अन्तर्राष्ट्रिय बिजनेस हेड सुजन रोय र सिप्रदीका सीईओ राजन बाबु श्रेष्ठले संयुक्त रुपमा डिजिटल माध्यमबाट शुरुवात गरेका हुन्।

टाटा मोटर्सका पेसेन्जर कार खरीद गर्न चाहने ग्राहकका लागि यो वेब पोर्टल एउटा सजिलो माध्यम बन्ने सिप्रदीले एक विज्ञप्ति मार्फत जनाएको हाे। यस पोर्टलमा सिप्रदीका कर्मचारीहरुसँग लाइभ च्याट गरेर पनि टाटा मोटर्सका सवारीहरुको बारेमा विस्तृत जानकारी लिन सक्ने बताइएको छ।

यसका ग्राहकले फोनपे या ई सेवाको माध्यमबाट सवारीको बुकिङ समेत गर्न सक्ने विज्ञप्तिमा जनाएको छ । यो पोर्टल कम्प्युटर र मोबाइल दुवैमा हेर्न सकिने छ।

यस पोर्टलमा अनलाइन बुकिङ, क्याटलगहरू सहितको सवारीका विवरणहरु, सवारीको डेमो भिडियोहरु, टेस्ट ड्राइभ बुकिङ, पुरानो सवारीका तत्काल मूल्यांकन, ऋण मूल्यांकन, सर्भिस बुकिङ, रेफरल योजना र ग्राहकहरुका सुझावहरु रहेको जनाएको छ।

वेब पोर्टल प्रयोगकर्ताहरुलाई प्रोत्साहन गर्न यस पोर्टलबाट गाडी बुकिङ गरेमा एक वर्ष निशुल्क सर्भिसिङ र फ्रन्ट लाइनमा काम गर्ने सबै स्वास्थकर्मीहरुलाई अहिले चलिआएको योजना भन्दा थप रु.५०,००० छुटको व्यवस्था गरिएको जनाएको छ।

 

प्रतिकृया दिनुहोस