नेपालको संविधान (दोस्रो संशोधन) विधेयकमाथि राष्ट्रियसभामा सैद्धान्तिक छलफल
प्रतिनिधिसभाले हिजो पारित गरेको नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ माथि राष्ट्रियसभामा छलफल भइरहेको छ ।
राष्ट्रियसभाको आजैको पहिलो बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ टेबुल गरेका थिए ।
टेबुले गरेपछि १५ मिनेट बैठक स्थगित गरेर अर्को बैठक शुरु गरिएको थियो ।
दोस्रो बैठकमा सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले प्रस्तुत गरेपछि सैद्धान्तिक छलफल शुरु भएको हो ।
छलफलमा भाग लिँदै सांसदहरुले नयाँ नक्सा जारी गर्नु महत्वपूर्ण कदम भएको भन्दै जमिन फिर्ता लिनेतर्फ कुटनीतिक पहल पनि शुरु गर्नुपर्ने बताएका छन् ।
राष्ट्रिय सभाले विधेयकमाथि आजै छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिने तयारी भइरहेको संसद सचिवालयले जनाएकाे छ ।
प्रतिनिधिसभामा जस्तै राष्ट्रियसभाले पनि यो विधेयक दुई तिहाइ बहुमतले पारित गर्नुपर्नेछ ।
राष्ट्रियसभामा ५८ जना सांसद छन् तर अध्यक्षको मताधिकार नहुने व्यवस्था भएकलो ५७ जनाले मतदान गर्नेछन् ।