खेलकुद शनिबार, जेठ ३१, २०७७

पाकिस्तानी पूर्व क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोना संक्रमण

हिमालखबर

पाकिस्तानी पूर्व क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोना संक्रमण

पाकिस्तानी पूर्व क्रिकेटर शाहिद अफ्रिदीलाई कोरोना संक्रमण देखिएको छ । उनलाई बिहीबारदेखि सन्चो नभएको शनिबार पुष्टि भएको जनाइएको छ।

अफ्रिदीले ट्विटरमार्फत आफूलाई बिहीबारदेखि सन्चो नभएको चेकजाँचमा दुर्भाग्यवश कोरोना संक्रमण पुष्टि भएको भन्दै शीघ्र स्वास्थ्यलाभका लागि प्रार्थना गरिदिन अनुरोध गरेका छन्।

अफ्रिदी महामारी शुरु भएदेखि नै गरीब र उत्पीडितलाई सहयोग गर्ने अभियान चलाइरहेका थिए।

४० वर्षीय पाकिस्तानी क्रिकेटरले खाना, मास्क, मेडिकल सामग्रीलगायतका सामना सहयोग गर्दै आइरहेका थिए।

उनी अहिले सेल्फ आइसोलेनसनमा रहेका छन्।

- एजेन्सी

प्रतिकृया दिनुहोस