खेलकुद शनिबार, जेठ ३१, २०७७

सय वर्षको उमेरमा पूर्व क्रिकेटर वसन्त रायजीको निधन

हिमालखबर

सय वर्षको उमेरमा पूर्व क्रिकेटर वसन्त रायजीको निधन

भारतका फर्स्ट क्लास पूर्व क्रिकेटर एवम् लेखक वसन्त रायजीको निधन भएको छ। गएको जनवरीमा सय वर्ष पुगेका राजयीको शनिबार बिहान मुम्बईमा निधन भएको हो।

शनिबार बिहान २ः२० बजे रायजीको निधन भएको भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले जनाएको छ। उनी जीवित पूर्व क्रिकेटर मध्ये सबै भन्दा पाको उमेरका थिए।

सन् १९३९ मा राष्ट्रिय टीममा डेब्यू गरेका उनले ९ फस्ट क्लास खेलमा २३.०८ को औसतमा २७७ रन बनाएका थिए। उनको उच्चतम स्कोर ६८ रन हो।

क्रिकेटबाट अवकाश लिएपछि भने उनले भारतमा क्रिकेटको विकासबारे नै पुस्तक लेखेका छन्।

 

प्रतिकृया दिनुहोस