खेलकुद शनिबार, जेठ ३१, २०७७

पेनाल्टीमा चुके रोनाल्डो, यूभेन्टस इटालियाको फाइनलमा

हिमालखबर

पेनाल्टीमा चुके रोनाल्डो, यूभेन्टस इटालियाको फाइनलमा

यूभेन्टस कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। एसी मिलानसँग गोल रहित बराबरी खेलेको यूभेन्टस अवे गोलका आधारमा फाइनल प्रवेश गरेको हो।

खेलको १३औं मिनेटमै पेनाल्टी पाएको यूभेन्टसका लागि स्टार स्ट्राइकर क्रिश्चियानो रोनाल्डोले गोल गर्न सकेनन्। उनले पेनाल्टी प्रहारलाई सही दिशा दिन नसक्दा मिलानसँग गोल रहित बराबरीमा खेल सएिको थियो।

१३औं पटक च्याम्पियन बनेको यूभेन्टस विरुद्ध लगभग खेल अवधिभर मिलान दश खेलाडीले सामना गरेका थिए। १६औं मिनेटमै रातो कार्ड पाउँदै दश खेलाडीमा सीमित मिलान विरुद्ध यूभेन्टसले जित निकाल्न सकेन।

यूभेन्टसले उपाधिका लागि नापोली वा इन्टर मिलानसँग प्रतिश्पर्धा गर्नुपर्नेछ। कोभिड महामारीका कारण स्थगित भएको खेल अहिले बिना दर्शक शुरु भएको छ।

प्रतिकृया दिनुहोस