अर्थ/बजार विहीबार, जेठ २९, २०७७

छिमेक लघुवित्तको भुक्तानी ई–सेवाबाट

हिमालखबर

छिमेक लघुवित्तको भुक्तानी ई–सेवाबाट

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले अबदेखि किस्ता तथा बचत ई–सेवाबाट भुक्तानी गर्न सकिने जनाएको छ।

विभिन्न क्षेत्रलाई डिजिटल भुक्तानीमा आवद्ध गर्दै लगेको ई–सेवाले ग्रामीण भेगमा रहेका लघु उद्यमीहरुलाई पनि डिजिटल भुक्तानी गर्न सकिनेगरी सेवा शुरू गरेको हो।

अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा ई–सेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र छिमेक लघुवित्तका तर्फबाट चोलराज शर्मा जोशीले हस्ताक्षर गरेका छन्।

ई–सेवा एकाउन्ट भएकाहरूले आफ्नो मोबाइलबाटै नियमित किस्ता तथा बचतको रकम भुक्तानी गर्न सक्नेछन् भने ई–सेवा एकाउन्ट नभएकाले नजिकको ई–सेवा जोन, पोइन्ट तथा ई–सेवा अंकित एजेन्टबाट भुक्तानी गर्न सक्नेछन्।

प्रतिकृया दिनुहोस