थप समाचार विहीबार, जेठ २९, २०७७

भारतमा कोरोनाभाइरस : मृतकको संख्या ८ हजार नाघ्यो  

हिमालखबर

भारतमा कोरोनाभाइरस : मृतकको संख्या ८ हजार नाघ्यो  

भारतमा कोरोनाभाइरसको संक्रमण अनियन्त्रित भइरहेको छ। पछिल्लो २४ घण्टामा त्यहाँ ९ हजार ९९६ जना नयाँ संक्रमित थपिएका छन्। यो संख्या भारतमा एकैदिनमा संक्रमण पुष्टि भएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो।

यससँगै त्यहाँ कुल संक्रमितको संख्या २ लाख ८७ हजार १५५ पुगेको छ। संक्रमितमध्ये हालसम्म १ लाख ४० हजार ९७९ जना निको भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामै भारतमा कोरोना संक्रमणबाट ३५७ जनाको मृत्यु भएकाे र हालसम्म मृतकको संख्या ८ हजार नाघेको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु हुनेको संख्या ८ हजार १०२ पुगेको छ।

कुल संक्रमितमध्ये अब १ लाख ३७ हजार ४४८ जना उपचाररत छन्। जसमध्ये ८ हजार ९०० भन्दा बढीको अवस्था गम्भीर छ।

भारतमा महाराष्ट्र राज्य संक्रमणबाट सबैभन्दा बढी प्रभावित छ। त्यहाँ संक्रमितको संख्या ९४ हजार ४१ पुगेको छ। यसपछि तमिलनाडुमा ३६ हजार ८४१ जना संक्रमित छन्। तेस्रो स्थानमा रहेको दिल्लीमा ३२ हजार ८१० जनामा संक्रमण पुष्टि भएको छ।

प्रतिकृया दिनुहोस