कर्णाली नदीमा टिप्पर दुर्घटना (अपडेट) : दुईजनाको मृत्यु, ६ बेपत्ता
भारतबाट आएर सीमा क्षेत्रमा रहेका नेपाली बाेकेकाे ना८ख ५१३३ नं.को टिप्पर कालिकोटको नरहरिनाथ गापा १ गेजबजार नजिक भएकाे दुर्घटनामा २ जनाको मृत्यु, ६ जना बेपत्ता भएका छन्।
सडकबाट १० मिटर तल कर्णाली नदीमा बुधबार १०:२० बजे खसेकाे उक्त टिप्परमा रहेका ३९ जना मध्ये २७ जना सम्पर्कमा आइसकेका छन्।
दुर्घटनामा घाइते भएका ४ जनालाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पतालतर्फ ल्याउँदै गरेकाे प्रहरीले जनाएकाे छ । उद्धार कार्यमा प्रहरी टोली र नेपाली सेनाकाे रणसुर गुल्म खटिरहेकाे जनाइएकाे छ।