भारतबाट नेपाल आउँदै गरेका एक व्यक्तिको सुनौलीमा मृत्यु
भारतबाट नेपाल आउने क्रममा एक व्यक्तिको नेपाल–भारत सीमा क्षेत्र सुनौलीमा मृत्यु भएको छ।
सीमा प्रहरी चौकी बेलहिया रुपन्देहीका प्रहरी निरीक्षक ईश्वरी भट्टराईका अनुसार बुधबार बिहान उनको सुनौलीमा मृत्यु भएको हो।
पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका २ का उनी भारतको मुम्बईबाट आउने क्रममा सुनौलीमा आइपुग्दा बेहोस भई ढलेका थिए ।
भारतीय भूमिमा मृत्यु भएकाले उनको स्वाब संकलन गरेर भारतीय पक्षले लगेको र कोरोना परीक्षणको रिपोर्ट आएपछि उनको शव नेपाल ल्याउने प्रक्रिया शुरु हुने प्रहरी निरीक्षक भट्टराईले बताए।