सीमामा अलपत्र नागरिक उद्धारमा खटिएको टिप्पर कर्णाली नदीमा खस्यो, ३२ जना बेपत्ता
-यज्ञराज थापा
सीमा पारि अलपत्र नागरिक उद्धार गर्न खटिएको टिप्पर कर्णाली नदीमा खसेको छ। ३६ जना यात्रु रहेको टिप्पर कालिकोटमा दुर्घटनामा परेको हो।
ना ८ ख ५१३३ नम्बरको टिप्पर नदीमा खस्दा चार जनाको मृत्यु भएको छ। अन्य बेपत्ता छन्। चार जनाकाे भने स्थानीयले नदीबाट शव निकालेकाे छ। थप यात्रुको खोजी भइरहेको प्रहरीले जनाएको छ।
नरहरिनाथ गाउँपालिका–१ लालिघाट बजार नजिकबाट टिप्पर कर्णाली नदीमा खसेको हो। भारतबाट आएर रास्कोटमा रहेका नागरिक लिएर क्वारेन्टिनमा लैजाँदै गर्दा टिप्पर दुर्घटनामा परेको हो। दुर्घटना बिहान १० बजेतिर भएको प्रहरीले जनाएको छ।
उद्धारका लागि नेपाली सेना र प्रहरी खटिएका छन्।