अर्थ/बजार मंगलबार, जेठ २७, २०७७

इन्भेष्टमेन्ट ब्यांकले इटलीमा रु. २ अर्बको मुद्दा जित्यो

हिमालखबर

इन्भेष्टमेन्ट ब्यांकले इटलीमा रु. २ अर्बको मुद्दा जित्यो

इटलीको अदालतमा चलेको जमानतसम्बन्धी एउटा मुद्दा नेपाल इन्भेष्टमेन्ट ब्यांकले जितेको छ । ब्यांकले मुद्दा जितेसँगै रु. २ अर्बभन्दा बढी रकम फिर्ता पाउनेछ।

तनहुँ जलविद्युत परियोजनाको ठेकदार कम्पनी सीएमसीको काउन्टर ग्यारेन्टीबापतको रकम ब्यांकले परियोजनालाई तिरेको थियो । मेलम्ची खानेपानी आयोजनाको निर्माण छोडेर भागेपछि तनहुँ जलविद्युत आयोजनाले पनि सीएसीसँगको ठेक्का तोडेको थियो । ठेक्का तोडिएपछि ब्यांकले तनहुँ जलविद्युतलाई जमानतबापतको करीब रु. २ अर्ब तिरेको थियो । तर, इटलीको ब्यांकले नेपाल इन्भेष्टमेन्ट ब्यांकलाई सो रकम तिरेको थिएन।

तर, सीएमसीले इटलीको एक ट्राइब्युनलमा आफ्नो जमानत जफत गर्न नमिल्ने भन्दै मुद्दा हालेको थियो । यसअघि उक्त स्थानीय अदालतले सीमएसीको पक्षमा फैसला गरेको थियो । त्यसविरुद्ध ब्यांकले पुनरावेदन दिएको थियो । पुनरावेदनमा सुनुवाइ गर्दै तीन न्यायाधीशको संयुक्त इजलासले ब्यांकको पक्षमा फैसला गरिदिएको छ।

यो सँगै इन्भेष्टमेन्ट ब्यांकले तनहुँ जलविद्युत आयोजनालाई जमानतबापत तिरेको रकम इटलीको ब्यांकसँग फिर्ता लिने बाटो खुलेको छ।

प्रतिकृया दिनुहोस