थप ३२३ जनामा कोरोना संक्रमण भेटियो, संक्रमितकाे संख्या ४०८५ पुग्यो
नेपालमा पछिल्लाे २४ घण्टामा ३२३ थप कोरोना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा कुल संक्रमितकाे संख्या ४०८५ पुगेकाे छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार गरेकाे मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गाैतमले देशभरिका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणमा ३२३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे बताए।
त्यसैगरी मंगलबार निकाे भएर ९६ जना डिस्चार्ज भएका छन् । हालसम्म क्वारेन्टिनमा एक लाख ६५ हजार सात सय ७५ जना रहेका छन् भने संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेकाकाे संख्या ३४८७ पुगेको छ।
हालसम्म डिस्चार्ज हुनेकाे संख्या ५८४ पुगेकाे छ । डिस्चार्ज भएकामध्ये पुरूष ५०७ र महिला ७७ रहेकाे मन्त्रालयले जनाएकाे छ । साथै मृतकको संख्या १५ पुगेको छ।
त्यस्तै हालसम्म देशभरिमा एक लाख ६ हजार तीन सय ३१ पीसीआर परीक्षण र एक लाख ६६ हजार एक सय ५८ आरडीटी विधिबाट परीक्षण भएकाे मन्त्रालयले जनाएको छ।