संसदको कार्यसूचीसँग समय जुधेपछि नेकपा सचिवालय बैठक स्थगित
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को मंगलबार अपरान्ह ४ बजेका लागि तोकिएको सचिवालय बैठक स्थगित भएको छ। एमसीसीबारे छलफल गर्न प्रधानमन्त्री निवासमा बस्ने भनिएको बैठक स्थगित भएको हो।
संसदको कार्यसूचीसँग समय जुधेका कारण आजको सचिवालय बैठक स्थगित गरिएको एक सचिवालय सदस्यले जनाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा नेपालको अन्तर्राष्ट्रिय सीमासहितको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथि सैद्धान्तिक छलफलको कार्यसूची राखिएको छ।