समाचार सोमबार, जेठ २६, २०७७

स्याङ्जाको वालिङमा कोरोना संक्रमित एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

हिमालखबर

स्याङ्जाको वालिङमा कोरोना संक्रमित एक जनाको मृत्यु, मृतकको संख्या १४ पुग्यो

नेपालमा थप एकजनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्याङ्जाको वालिङ नगरपालिका वडा नं ३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो। 

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ। 

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले यो संख्यासहित हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक, अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखाका एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक र डोल्पाका एक गरी १४ जनाको मृत्यु भएको बताए ।

 

प्रतिकृया दिनुहोस