खेलकुद सोमबार, जेठ २६, २०७७

जातिवादको रोग विरुद्ध संघर्ष गरिरहेका छौंः रहिम स्टर्लिङ

हिमालखबर

जातिवादको रोग विरुद्ध संघर्ष गरिरहेका छौंः रहिम स्टर्लिङ

अमेरिकामा जारी प्रदर्शनको समर्थन जनाउँदै यूकेभर प्रदर्शन भइरहेको छ। यूकेमा जारी प्रदर्शनलाई इङ्गल्याण्ड र म्यानचेस्टर सिटीका फर्वार्ड रहिम स्टर्लिङले समर्थन गरेका छन्।

उनले अहिले जातिवाद नै सबैभन्दा ठूलो रोग भएको बताएका छन्। “अहिले कुनै रोग छ भने त्यो जातिवाद हो, र त्यसको विरुद्ध हामी संघर्ष गरिरहेका छौं”, उनले बीबीसीसँग भनेका छन्।

कोभिड महामारी रोकथामका लागि सरकारले जारी गरेको निर्देशन विरुद्ध यूकेमा प्रदर्शन भइरहेको छ। “यो अहिले महत्वपूर्ण कुरा हो, किनभने यस्तै कुरा वर्षौ वर्षदेखि हुँदै आएको छ”, स्टर्लिङले भने।

लन्डन हुँदै थुप्रै शहरमा प्रदर्शन बढ्दै गएको छ। हिरासतमा लिइएका ४६ वर्षीय जर्ज फ्लोयडको मृत्युपछि अमेरिका हुँदै विश्वभर प्रदर्शन फैलिएको छ। यो प्रदर्शनलाई स्टार खेलाडीहरुले पनि समर्थन जनाएका छन् भने जातिवाद विरुद्ध संघर्ष गर्नुपर्ने आह्वान समेत गरेका छन्।

 

प्रतिकृया दिनुहोस