अर्थ/बजार सोमबार, जेठ २६, २०७७

दयाहाङ राई जोडिए क्रिएशन र कोकाकोला अभियानमा

हिमालखबर

दयाहाङ राई जोडिए क्रिएशन र कोकाकोला अभियानमा

क्रिएशन नेपालले द कोका—कोला फाउन्डेशनले चलाएको सफाइकर्मी इमर्जेन्सी रिलिफ प्राजेक्टमा अभिनेता दयाहाङ राई जोडिएका छन्। तीन हजार दुई सय सफाइकर्मीलाई सहयोग गर्न चलाइएको सफाइकर्मी इमर्जेन्सी रिलिफ प्रोजेक्टमा राई जोडिएका हुन्।

क्रिएशनका सद्भावना दूत रहेका राई यो अभियानमा जोडिएका हुन्। अभियानको चार दिनमा दुई सय ८७ सफाइकर्मीलाई राशन प्याकेज, औषधि, जागरुकता सामग्री र ग्लभ्स, बुट, पीपीई समावेश वितरण गरिएको छ।

अभियानमा चिकित्सक परामर्श र सामान्य स्वच्छता जागरुकता पनि प्रदान गरिदै आएको छ। राहत वितरण कार्यक्रम टेकु, सानेपा, कोटेश्वर, बालकुमारी, सतुंगल, भैंसीपाटी लगायत काठमाडौं र ललितपुरका विभिन्न स्थानमा पार्टनरहरु रिसाइकलर्स साथी र हिमालयन क्लाइमेट इनिसियटिभको सहयोगमा आयोजना गरिएको थियो।

प्रतिकृया दिनुहोस