‘क्वारेन्टिन होटल’ का लागि ग्य्राण्डदेखि पार्क भिलेजसम्म प्रयोग गरिने (सूचीसहित)
काठमाडौं जिल्ला प्रशासन कार्यालयले पार्क भिलेज रिसोर्टदेखि ग्य्राण्ड होटलसम्म स्तर अनुसारका ४५ होटललाई क्वारेन्टिनका रुपमा प्रयोगगर्ने भएको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयस्थित जिल्ला स्तरिय कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र (डीसीसीएमसीं ले एउटा चार तारे सहित ४५ होटलहरुलाई क्वारेन्टिन बनाएर विदेशबाट आउनेहरुलाई राख्ने तयारी गरेको छ ।
डीसीसीएमसीले १९ जेठको बैठकबाट काठमाडौं घर भएका र यही क्वारेन्टिनमा बस्न चाहनेहरूका लागि होटलहरूमा क्वारेन्टिनको ब्यवस्था गर्ने निर्णय गरेको थियो । होटल एशोसिएसन नेपालले शुक्रबार होटलहरूको प्रारम्भिक खाका प्रशासनलाई उपलब्ध गराएको हो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले तयार गरेको सूची अनुसार चारतारे ग्य्राण्ड होटलसहित ९ वटा तीनतारे, दुईतारे दुईवटा, एउटा डिलक्स रिर्सोट र २७ वटा पर्यटक मापदण्डका होटलहरू रहेका छन् । यी होटलहरूमा रहने क्वारेन्टिनमा बस्नेले सम्पूर्ण खर्च आफै बेहोर्नुपर्ने प्रशासनले जनाएको छ ।
क्वारेन्टिनका लागि तोकिएका होटलहरुमा तीनतारे होटलहरू बैशाली, एयरपोर्ट, समिट रेजिडेन्सी, प्लाटिनम, मनाङ, मस्र्याङदी, ल्याण्डमार्क पोखरा र मुनलाईट होटल हुन् । यस्तै होटल कमल र ल्याण्डमार्क काठमाडौं दुईतारे होटलको सूचीमा छन् । यस्तै डिलक्स रिसोर्ट पार्क भिलेज पनि क्वारेन्टिन बन्ने प्रशासनले जनाएको छ ।
कुन कुन होटल बन्नेछन् हेरौं सूची