सुनौली नाकाबाट नेपाल भित्रिने र बाहिरिनेको संख्यामा वृद्धि
नेपाल भारत सीमानाका बेलहिया हुँदै नेपाल प्रवेश गर्ने र भारत जानेको संख्या वृद्धि भइरहेको छ । रोजगारीको सिलसिलामा भारतका विभिन्न शहर गएका ६०९ जना शुक्रबार सुनौली नाका हुँदै नेपाल भित्रिएका छन्।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार नेपालबाट भारततर्फ जानेको संख्या पनि बढ्न थालेको छ । शुक्रबार नेपालबाट १३७० जना भारतीय बेलहिया नाकाबाट बाहिरिएका छन्।
विभिन्न इँटाभट्टा लगायत उद्योगमा काम गर्ने भारतीय मजदूरहरू आफ्नो देश फर्किएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खडकबहादुर खत्रीले बताए।
यसअघि नेपाल र भारत दुवैतर्फ क्वारेन्टिन अवधि पूरा गरेकालाई मात्र आआफ्नो देश लैजाने गरिएकोमा अहिले भने सम्बन्धित देशकै क्वारेन्टिनमा राख्ने गरी आफ्नो देशका नागरिक ल्याउने र लैजाने गरिएको छ।