दुई दिनमा ३०० भन्दा बढी कोरोना संक्रमित भेटिएपछि दैलेखको नारायण र दुल्लु नगरपालिकामा निषेधाज्ञा जारी
यज्ञराज थापा, दैलेख
दैलेखमा शुक्रबार थप ९१ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै दैलेखमा कोरानाभाइरसबाट संक्रमित हुनेको संख्या ३०८ पुगेको छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका थप ९० र सुर्खेतमा गरिएको परीक्षणमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा जुम्लामा गरिएको परीक्षणमा दैलेखका थप ९० र सुर्खेतमा गरिएको परीक्षणमा थप १ जनामा कोरोना संक्रमणको पुष्टि गरिएको छ।
संक्रमित हुने दैलेखको दुल्लु नगरपालिका र महावु गाउँपालिकाका हुन् । दैलेखको दुल्लु नगरपालिका वडा नं. १ का २०, २०, २१, २२, २३, ३१ वर्षीय पुरुष, वडा नं. २ का १७, १७, २०, २०, २० वर्षीय पुरुष, वडा नं. ३ का १७, १८, २६ वर्षीय पुरुष, वडा नं. ४ का २३, २८, ४७ वर्षीय पुरुष रहेका छन्।
त्यस्तै दुल्लु नगरपालिका वडा नं. ५ का २ वर्षीय बालक र वडा नं. ६ का १९, २२, २२, ३५ वर्षीय पुरुषमा पनि कोरोनाको संक्रमण देखिएको छ।
साथै दुल्लु नगरपालिका वडा नं. ७ का ४ वर्षीय बालक, वडा नं. ८ का १९ वर्षीय पुरुष, वडा नं. ९ का २३ वर्षीय पुरुष, वडा नं. १० का २० वर्षीय पुरुष र वडा नं. १२ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ।
यसैगरी दैलेखको महावु गाउँपालिका वडा नं. १ मा १६, २०, २५, २९, ३०, ३५ वर्षीय पुरुष र ९ वर्षीया बालिका रहेका छन् । महावु गाउँपालिका वडा नं. २ का ४, ४, वर्षीय बालक १७, १७, १८, २०, २०, २०, २१, २३, २३, २४, २४, २५, २५, २५, २५, २५, २७, २७, २९, २९, ३०, ३०, ३१, ३२, ३२, ३४, ३५, ३६, ३७, ३८, ३८, ४२, ४४, ४५, ४६, ४७, ४८, ५० वर्षीय पुरुष र २२, २६ वर्षीया महिलामा पनि कोरोना संक्रमण भएको छ।
यस्तै महावु गाउँपालिका वडा नं. ३ का २०, ३०, ३०, ४० वर्षीय पुरुष, वडा नं. ४ का २१, ३०, ३५, ३५, ५६ वर्षीय पुरुष, वडा नं. ५ का १५, २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्थानीय प्रशासनद्वारा निषेधाज्ञा जारी
जिल्ला प्रशासन कार्यालय दैलेखले जिल्लाका दुई नगरपालिकामा शुक्रबार साँझ ६ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको छ । ‘अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवा स्थलहरू शुक्रबारदेखि अर्काे आदेश नभएसम्मका लागि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
जिल्लाको नारायण नगरपालिकाको पूर्वमा लोहोरे खोला, पश्चिममा छामगाढ भीरखेत, उत्तरमा छान्ना र दक्षिणमा चुप्रा बजारभित्र तथा दुल्लु नगरपालिकाको पूर्वमा माथिल्लो डुंगेश्वर चुप्रा शिरस्थान, पश्चिममा पादुकाखोला कर्णाली राजमार्ग, उत्तरमा भैरवी गाउँपालिका र दक्षिणमा तल्लो डुङ्गेश्वरभित्र प्रवेश नगर्न/नगराउन स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएको छ, “संक्रमणबाट जोगिन भेटघाट, जमघट र भिडभाड नगर्न/नगराउन जिल्ला प्रशासन कार्यालय दैलेख हार्दिक अनुरोध गर्दछ ।”
विज्ञप्तिमा दैलेखमा निरन्तर कोरोना संक्रमण संख्या बढदै गएको र एक जनाको मृत्यु भइसकेको अवस्थामा सजगता अपनाउन, संक्रमणको विस्तारलाई रोक्न तथा सचेतनामूलक र प्रवर्द्धनात्मक कार्यहरू गर्न जरुरी रहेको प्रमुख जिल्ला अधिकारी कट्टेलले वताएका छन् ।