दैलेखमा एकैदिन भेटिए ११३ जना कोरोना संक्रमित, ५ जना बाहेक सबै एउटै नगरपालिकाका
यज्ञराज थापा, दैलेख
दैलेखमा एकैदिन सबैभन्दा बढी ११३ जना संक्रमित भेटिएका छन् । यससँगै दैलेखमा कोरानाबाट संक्रमित हुनेको संख्या २१८ पुगेको छ ।
संक्रमण भेटिएका अधिकांश भारतबाट फर्किएकाहरू छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा दैलेखका थप १ सय ५ र सुर्खेतमा गरिएको परीक्षणमा ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख लक्ष्मीनारायण तिवारीले बिहीबार दिउँसो २ बजेर ५० मिनेट जाँदा जारी गरेको प्रेस विज्ञप्तिमा जुम्लामा गरिएको परीक्षणमा दैलेखका थप १ सय ५ र सुर्खेतमा गरिएको परीक्षणमा थप ८ जनामा कोरोना संक्रमणको पुष्टि गरिएको छ।
संक्रमित हुने अधिकांश दैलेखको नारायण नगरपालिकाका हुन् । दैलेखको नारायण नगरपालिका वडा नं. १ का २२ वर्षीय पुरुष, वडा नं. २ का १३, १७, १८, २०, २०, २०, २२, २२, २३, २४, २७, ३२, ३२, ३३, ३४, ३५, ४०, ४०, ४४, ४७ वर्षीय पुरुष र ३२ वर्षीया महिला छन् ।
त्यस्तै वडा नं. ३ का ८, १३, १७, २०, २०, २१, २३, २३, २३, २५, २५, ३०, ३५, ३५ वर्षीय पुरुष र २९ वर्षीया महिला छन् ।
वडा नं. ५ का १८, १८, १८, २०, २२, ३८ वर्षीय पुरुष रहेका छन् ।
वडा नं. ६ का ४, २१, २३, २३, २६, २७, २८, ३०, ४६, ५०, ५५ वर्षीय पुरुष र ५, २४, २७ वर्षीया महिला रहेका छन् ।
वडा नं. १० का २, १९, २१, २४, ३३, १९, २१, २७, ३२, ४४ वर्षीय पुरुष, वडा नं. ११ का १७, १८, १८, १८, १८, २०, २०, २२, २२, २४ वर्षीया पुरुष छन् ।
वडा नं. ४ देवलकाँडाका १३, १६, १७, १८, १८, १९, १९, २२, २४, २७, २८, २८ वर्षीय पुरुष यस्तै मालटाकुराका १७, १७, १८, २४, २८, ३० वर्षीय पुरुषमा कोरोनाको संक्रमणको पुष्टि भएको हो ।
नारायण नगरपालिकाकै वडा नं. ९ साँडुमा १८, ५२ वर्षीय पुरुष, नारायण नगरपालिका वडा नं. ४ सोतमा १७, १८, १८, २०, २३, ३०, ३२, ३६, ४० वर्षीय पुरुष संक्रमण देखिएको हो ।
यस्तै नौमुले गाउँपालिका वडा नं. १ का २१, २३, २१, २३, ३६ वर्षीय पुरुषमा कोरोनाको संक्रमण पुष्टि भएको हो ।
सम्बन्धीत समाचार: