कोरोनाबाट थप १ जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो
पाँच दिनअघि भारतबाट आएर क्वारेन्टिनमा बसिरहेका पाल्पाका कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला सिलुवाका ४५ वर्षीय पुरुषको बिहीबार पाल्पाकै मिसन अस्पतालमा मृत्यु भएको हो।
क्वारेन्टिनमा रहँदा स्वास्थ्यसम्बन्धी गडबडी र श्वासप्रश्वासमा समस्या आएपछि उनलाई पाल्पाको मिसन अस्पतालमा भर्ना गरिएको थियो।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयका अनुसार २० जेठमा मृत्यु भएका उनलाई आज रिपोर्ट आएपछि कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।