भक्तपुरको ब्यासीमा १३ वर्षीया बालिकालाई बलात्कारको प्रयास गर्ने युवक पक्राउ
भक्तपुरको ब्यासीबाट १३ वर्षीया बालिकालाई बलात्कारको प्रयास गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार बिहान करिब ८ बजेको समयमा भक्तपुरको भक्तपुर न.पा. वडा नं. २ ब्यासीमा आफ्नै कोठामा बसेकी १३ बर्षीय बालिकालाई जबरजस्ती करणीको प्रयास गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको हो ।
काभ्रेपलाञ्चोक पनौती न.पा. वडा नं. ४ स्थायी घर भई भक्तपुर न.पा. वडा नं. २ बस्ने ३१ वर्षीय मोहन तामाङले फुपु फुपाजुसंग बस्दै आएकी १३ वर्षीया बालिकालाई बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । फुपु फुपाजु गलैचा कारखानामा काममा गएको मौका पारी बालिकाको मुख थुनेर जबरजस्ती करणी गर्न लाग्दा बालिकाको फुपाजु पुगेपछि उनी भागेका थिए ।
तामाङलाई प्रहरीले नियन्त्रणमा लिएर भक्तपुर जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ ।