कोरोना राेकथाम नियन्त्रण, राहत, उद्धार र उपचारमा १० अर्ब खर्च
काेभिड–१९ राेकथाम नियन्त्रण, राहत, उद्धार र उपचारका लागि जम्मा ९ अर्ब ८७ कराेड खर्च भएकाे छ । जसमा संघीय सरकारले ६ अर्ब तीन कराेड, प्रदेश सरकारले १ अर्ब ८ कराेड र स्थानीय तहले २ अर्ब ७६ कराेड खर्च गरेका छन्।
काेभिड उपचार काेषमा जम्मा २ अर्ब ३२ कराेड जम्मा भएकाे छ । याे खर्च बजेटबाट समेत भएकाे छ । यसमा केही स्थानीय निकायहरूकाे खर्च समावेश छैन।
यस्तै विदेशी सहयाेग समेत यसमा समावेश नरहेकाे उच्च स्तरीय समन्वय समितिमा सदस्य सचिव नारायणप्रसाद बिडारीले जानकारी दिएका छन्।
उनका अनुसार याे खर्चमा वुहानबाट उद्धार, क्वारेन्टिन, अस्पताल निर्माण र स्वास्थ्य सामग्री, उपकरण तथा औषधि खरीदसम्म परेका छन्।
सिंहदरबारमा मंगलबार बसेकाे बैठकले बन्दाबन्दीकाे स्वरूप बदल्ने विषयमा विज्ञहरूसँग सल्लाह गरेपनि केही निचाेड निस्कन नसकेकाे उनले बताए । भाेलि फेरि बैठक बसेर यस विषयमा निर्णय गरिने उनले जानकारी दिएका छन्।