भारतबाट आएकालाई दैलेख छाडेर फर्केको बस गुराँसमा दुर्घटना
दैलेखको गुराँस गाउँपालिका–४ घोडावासमा बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दैलेखबाट सुर्खेत फर्कदै गरेको ना ५ ख १६८५ नम्बरको बस दुर्घटना हुँदा चालक कल्याणसिंह बोहोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार भारतबाट फर्केका नागरिकहरूलाई दैलेख छोडेर फर्कने क्रममा उक्त बस सडकदेखि करीब १ सय मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन् ।
उकालो सडकमा अगाडि बढ्न नसकेर पछाडि जाँदा सडकबाट तल खस्न पुगेको ट्राफिक प्रहरी चन्द्र कार्कीले जानकारी दिए । उनका अनुसार सहचालक गम्भीर घाइते भएको र उनलाई उपचारका लागि सुर्खेत पठाइएको छ ।
यज्ञराज थापा, दैलेख