समाचार विहीबार, जेठ २२, २०७७

बुटवल चिनाउने तस्वीरहरु

हिमालखबर

बुटवल चिनाउने तस्वीरहरु
मणिमुकुन्द सेन उद्यान । तस्वीरहरु: सागर पाण्डे

प्रदेश नम्बर पाँचको राजधानी बुटवल तराई र पहाडलाई जोड्ने व्यापारिक केन्द्र हो।

पूर्व–पश्चिम महेन्द्र राजमार्ग सञ्चालनमा आएदेखि बुटवलमा शहरीकरण बढेको हो । व्यापारिक केन्द्रका साथै बुटवललाई औद्योगिक नगरीका रुपमा पनि चिनिन्छ।

बुटवलको ऐतिहासिक र सामरिक महत्व समेत रहेको छ । नेपाली फौजले अंग्रेजलाई परास्त गरेको ऐतिहासिक जितगढी किल्ला बुटवलमै अवस्थित छ।

त्यसबाहेक मानव जातिको अवशेष रामापिथेकस प्राप्त स्थान बुटवलदेखि दुई किलोमिटर उत्तर पाल्पा जिल्लाको सिद्धबाबामा रहेको छ।

तिनाउ नदीको किनारमा अवस्थित बुटवल आसपासमा बनाइएका विभिन्न पार्क तथा उद्यान र हरियालीले बुटवलको सुन्दरता झन् बढेको छ।

मानिसको चहलपहल हुने यस्ता पार्क तथा उद्यानहरु कोरोनाभाइरसको महामारीले गर्दा सुनसान रहेका छन्।

बुटवलका विभिन्न सुन्दर पक्ष हुँदाहुँदै सुकुम्बासीका नाममा भइरहेका अतिक्रमणले भविष्यमा बुटवलको अस्तित्व नै समाप्त हुने चिन्ता पनि थपिएको छ।

 बुटवल औद्‍याेगिक क्षेत्र ।
मणिमुकुन्द सेन उद्यान ।
 बुटवल बजार ।

 

बुटवलको तिनाउखोला बीचमा अवस्थित सुकम्बासी बस्ती । वर्षायामको समयमा बाढीको जोखिम भए पनि मानिसको बस्ती बढिरहेको छ।

 

सिद्धबाबा मन्दिर । यो मन्दिर पश्चिम क्षेत्रकै धार्मिक हिसाबले प्रसिद्ध छ।

 

 सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने सिद्धबाबा खण्ड । जोखिमपूर्ण यो खण्डमा सरकारले सुरुङ्गमार्ग निर्माणका लागि टेण्डर आव्हान गर्दै छ। यहाँ पहिराेबाट झरेकाे ढुंगाले लागेर हरेक वर्ष मानिसको मृत्यु हुने गरेको छ।

 

बुटवलमा अवस्थित जितगढी किल्ला । वि‍. सं. १८७२ कर्णेल उजिरसिंह नेतृत्वको फौजले अंग्रेजलाई परास्त गरेको थियो । यो ऐतिहासिक किल्लाको संरक्षणका लागि बुटवल उपमहानगरपालिकाले प्रयास शुरु गरेको छ।

 

प्रतिकृया दिनुहोस