थप एक संक्रमितको मृत्यु, मृतक संख्या ९ पुग्यो
दोलखाका एक बृद्धको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी ७६ वर्षीय बृद्धको मृत्यु भएको पुष्टि गरेको हो।
१३ जेठमा काठमाडौं मेडिकल कलेजमा भर्ना भएका ती बृद्धको स्वाब परीक्षण कोरोना पोजेभिट देखिएको थियो। यसपछि १५ जेठमा शिक्षण अस्पताल महाराजगञ्ज भर्ना गरिएका बृद्धको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यो सँगै कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ। बुधबारसम्म संक्रमित संख्या २३०० पुगेको छ भने २७८ जना निको भएर घर फर्किएका छन्।