संक्रमित संख्या २३०० पुग्यो, एकै दिन थपिए २०१ संक्रमित
कोभिड–१९ का संक्रमित बुधबार २०१ थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलन गरी बुधबार एकै दिन २०१ संक्रमित संख्या थपिएको जानकारी दिएको छ।
यो सँगै, संक्रमित संख्या २३०० पुगेको छ। मंगलबारसम्म दुई हजार ९९ जनामा संक्रमण पुष्टि भएको थियो। संक्रमितको संख्या दिनहुँ बढिरहेको छ। मंगलबार एकै दिन २८८ जनामा संक्रमण पुष्टि भएको थियो। बुधबारसम्म २७८ जना निको भएर घर फर्किएका छन्।