बैंक अफ काठमाण्डूद्वारा वीर अस्पताललाई २०० थान पीपीई सहयोग
बैंक अफ काठमाण्डूले वीर अस्पताललाई २०० थान व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) हस्तान्तरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको उक्त सामग्री ब्याङ्कले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्रा. डा. देवनारायण शाहलाई हस्तान्तरण गरेको हो।
ब्याङ्कले २०० थान पीपीई, २०० थान मास्क र २०० थान फेस सिल्ड हस्तान्तरण गरेको छ।
यसबाट कोरोनाभाइरसको प्रकोपबाट सिर्जित कठिन परिस्थितिमा खटिएका स्वास्थ्यकर्मीहरुको सुरक्षामा सहयोग पुग्ने विश्वास लिएको ब्याङ्कले जनाएको छ।
ब्याङ्कले बन्दाबन्दीको समयमा पनि ग्राहकलाई एटीएम सेवा, नगद काउन्टरका साथै मोबाइल ब्याङ्किङ तथा इन्टरनेट ब्याङ्किङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ।