समाचार मंगलबार, जेठ २०, २०७७

चौरजहारी घटनामा बेपत्ता थप एक युवाको शव पनि भेटियो

हिमालखबर

चौरजहारी घटनामा बेपत्ता थप एक युवाको शव  पनि भेटियो

रुकुमको चौरजहारी घटनामा परी बेपत्ता युवकको शव फेला परेको छ। योसँगै घटनामा परी बेपत्ता ६ जनाकै मृत्यु भइसकेको छ भने सबैको शव पनि भेटिएको छ।

भेरी नगरपालिका–११ बस्ने १८ वर्षीय गोविन्द शाहीको शव मंगलबार स्थानीयहरुले साँझ करीब ६ बजे भेरी नगरपालिका-१३ स्थित भेरी नदीमा भेटाएको प्रहरीले जनाएको हो। 

जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय युवक नवराज विक र छिमेकी जिल्ला पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया किशोरीको प्रेम सम्बन्ध रहेको सोही विषयलाई लिएर विवाद हुँदा उक्त घटना भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

नवराजले १९ जना युवा लिएर केटीलाई लिन गएको बेला सोतीका स्थानीयले घेरा हालेर लखेट्दा नवराज विकसहित चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार र भेरी नगरपालिका–४ का गणेश बुढा, लोकेन्द्र सुनारको शव भेरी नदीमा भेटिएको थियो।

प्रतिकृया दिनुहोस