समाचार मंगलबार, जेठ २०, २०७७

२९ लाखभन्दा बढीलाई निको भयो कोरोनाभाइरस संक्रमण

हिमालखबर

२९ लाखभन्दा बढीलाई निको भयो कोरोनाभाइरस संक्रमण

विश्वमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या २९ लाख नाघेको छ । अहिलेसम्म कूल संक्रमित ६३ लाख ६१ हजारमध्ये तीन लाख ७७ हजार १५० जनाको भने मृत्यु भएको छ ।

विश्वमा अब उपचाररत संक्रमितको संख्या ३० लाख ८४ हजार ३९० छन् । सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा करीब ११ लाख ३७ हजार उपचाररत छन् । त्यहाँ हालसम्म १८ लाख ५९ हजारभन्दा बढी संक्रमित छन् । मृतकको संख्या एक लाख ६ हजार ९२३ पुगेको छ ।

दोस्रो धेरै संक्रमण ब्राजिलमा छ । त्यहाँ करीब पाँच लाख ३० हजारलाई संक्रमित भएका छन् । तीमध्ये दुई लाख ११ हजार निको भएका छन् भने ३० हजार ४६ जनाको मृत्यु भएको छ ।

छिमेकी देश भारतमा अहिलेसम्म एक लाख ९८ हजार ३७० संक्रमित भेटिएका छन् । एसियामा सबैभन्दा बढी संक्रमित भारतमा भेटिएका छन् । विश्वमा भने भारत बढी संक्रमित हुने देशको सूचीमा सातौँ स्थानमा छ ।

त्यहाँ अहिलेसम्म ९५ हजार ७५४ जना निको भएका छन् भने पाँच हजार ६०८ जनाको मृत्यु भएको छ । उपचाररत संक्रमितको संख्या ९७ हजारभन्दा बढी छ ।

प्रतिकृया दिनुहोस