चट्याङ लागेर रुपन्देहीमा दुई जनाको मृत्यु
चट्याङ लागेर सोमबार रुपन्देहीमा दुई जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार जिल्लाको मायादेवी गाउँपालिका ५ की कमलवती यादव (५३) र लुम्बिनी साँस्कृतिक नगरपालिका २ की चयनमती यादव (५५) काे चट्याङ लागेर मृत्यु भएको छ ।
खेतमा काम गरिरहेकी कमलवती हावाहुरी आएपछि आँपको बोटमुनि ओत लागेकी थिइन्, त्यही क्रममा उनलाई चट्याङ लागेको थियो । चयनमती घरदेखि नजिकको तरकारी बारीमा रहेको वेला चट्याङ लागेको थियो।