बजेट लैंगिक उत्तरदायी भएको अर्थमन्त्री खतिवडाको भनाइ
अर्थमन्त्री युवाराज खतिवडाले आर्थिक वर्ष २०७७/७८ बजेट लैंगिक उत्तरदायी बजेट भएको दाबी गरेका छन् ।
१५ जेठमा संघीय संसदमा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को बजेटमाथिको छलफलमा कतिपय सांसदहरुले बजेटमा महिलाका विशेष आवश्यकता सम्बोधन हुने गरी महिलामैत्री बजेट नभएको बताएका थिए ।
प्रतिनिधिसभाको बैठकमा सोमबार बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्री खतिवडाले बजेट महिलामैत्री र लैंगिक उत्तरदायी खालको भएको बताए ।
लैंगिक उत्तरदायी बजेटको अवधारणा शुरु हुँदा आफू राष्टिय योजना आयोगमा भएको स्मरण गर्दै उनले भने लैंगिक उत्तरदायी बजेटको अडिटसमेत अर्थ मन्त्रालयले गर्दै आएकाले त्यसलाई पनि हेर्न उनले सुझाव दिए ।