समाचार आइतबार, जेठ १८, २०७७

थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १५ सय नाघ्यो

हिमालखबर

थप १६६ जनामा कोरोना संक्रमण पुष्टि, कुल संक्रमितको संख्या १५ सय नाघ्यो

नेपालमा कोरोनाभाइरसका थप १६६ जना नयाँ संक्रमित भेटिएका छन्। आइतबार यी संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या १ हजार ५६७ पुगेको छ।

कुल संक्रमितमध्ये पुरुषको संख्या १ हजार ४५० छ भने महिला ११७ जना छन्। पछिल्लो पटक थपिएका संक्रमितमा १६२ पुरुष र ४ महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

रौतहटमा २९ जना, सल्यानका २५ जना, धनुषाका २१ जना, कालिकोट र दैलेखका १८/१८, सप्तरी राजगढका १२ जना, सर्लाहीका १० जना, बाँकेका ८ जना, पर्सा र कपिलवस्तुका ५/५ जना, झापाका ४ जना, कैलाली र बाजुराका ३/३ जना, स्याङ्जाका २ जना, तनहुँ र मोरङका एक/एक जना तथा सुर्खेतकी चार महीने एक बालिकामा संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मिडिया ब्रिफिङमा जानकारी दिए।

हालसम्म उपचारपछि डिस्चार्ज हुनेको संख्या २२० पुगेको छ भने संक्रमणका कारण ८ जनाको मृत्यु भइसकेको छ।

अब १ हजार ३३९ जना संक्रमित देशका विभिन्न अस्पतालमा उपचाररत छन्। जसमध्ये प्रदेश १ मा १३५ जना, प्रदेश २ मा ५१९ जना, बागमती प्रदेशमा १४, गण्डकी प्रदेशमा २०, प्रदेश ५ मा ५०९, कर्णाली प्रदेशमा १२२ र सुदूरपश्चिम प्रदेशमा २० जनाको उपचार भइरहेको छ।

प्रतिकृया दिनुहोस