संविधान संशोधन विधेयक पेश (लाइभ)
प्रतिनिधिसभा बैठकमा संविधान संशोधन–२०७६ (दोस्रो संशोधन) विधेयक पेश भएको छ।
कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संसदमा विधेयक पेश गरेकी छन्। गएको १० जेठमा दर्ता भएको संविधान संशोधन विधेयक मन्त्री तुम्बाहाङ्फेले पेश गरेकी हुन्।
मन्त्री तुम्बाहाङ्फेले संविधानकाे अनुसूची-३ मा रहेकाे निशाना छाप परिवर्तन गर्न संशाेधन विधेयक पेश गरेकी छन्। सरकारले लिम्पियाधुरा सहित समेटेर नेपालकाे नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेपछि निशाना छापमा संशाेधन गर्न संविधानकाे दाेस्राे संशाेधन गर्न लागिएकाे छ।
शनिबार बसेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि संशोधनकै पक्षमा मतदान गर्ने निर्णय गरेको छ। बैठकबाट बजेट माथिको छलफल समेत भएकाे छ। १५ जेठमा अर्थमन्त्री युवराज खतिवडाले प्रस्तुत गरेका थिए।