क्वारेन्टिनमै जन्मियो बच्चा !
दैलेखको पश्चिम क्षेत्रमा पर्ने दुर्गम ठाटीकाँध गाउँपालिकाकी एक महिलाले क्वारेन्टिनमै शिशुलाई जन्माएकी छन्।
गाउँपालिकाले सञ्चालनमा ल्याएको वडा–२ को पिपलचौतारास्थित जनता आधारभूत विद्यालयको क्वारेन्टिनमा सोही वडाकी १९ वर्षीया मीना विकले शुक्रबार छोरीलाई जन्माएकी हुन्।
क्वारेन्टिनमा बसेकी उनलाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा लगिएको थियो। स्वास्थ्य केन्द्रमा राति साढे ९ बजेतिर छोरी जन्मिएको केन्द्रले बताएको छ।
मीना र उनका पति मनबहादु गएको १० जेठमा भारतको कुरदुवारबाट ठाटीकाँध आइपुगेका थिए। नवजात शिशु र सुत्केरी मीनाको स्वास्थ्य अवस्था सामान्य रहेको र आरडिटी रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य केन्द्रका इञ्चार्ज लक्ष्मी रावतले जानकारी दिए।