बन्दाबन्दी ३२ जेठसम्म लम्ब्याउने निर्णय, सीमानाका र विमानस्थल १६ असारसम्म बन्द गर्ने
सरकारले यही २० जेठमा सकिने बन्दाबन्दीलाई ३२ जेठसम्मका लागि लम्ब्याउने निर्णय गरेको छ । शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सीमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरू रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको पनि ती मन्त्रीले जानकारी गराए ।
त्यसरी विदेशबाट नेपाल ल्याएकालाई काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।