आरडीटी परीक्षण रोकेर पीसीआर विधि बढाउन अन्तर्राष्ट्रिय सम्बन्ध समितिको निर्देशन
प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कोरोना परीक्षणका लागि आरडीटी प्रभावकारी नदेखिएको भन्दै घटाउन निर्देशन दिएको छ।
समितिको आज बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आरडीटी प्रभावकारी नदेखिएको भन्दै यसलाई न्यूनीकरण गरेर पीसीआर विधिलाई व्यापक बनाउन निर्देशन दिएको हो।
साथै बैठकले भारतसँग सीमा जोडिएका जिल्लामा बनाइएका क्वारेन्टिनलाई व्यवस्थित बनाएर पीसीआर जाँचलाई थप गर्न समेत निर्देशन दिएको छ।