२४ घण्टामा थपिए १८९ संक्रमित, १४०१ पुग्यो संक्रमित संख्या
गएको २४ घण्टामा नेपालमा १८९ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नियमित पत्रकार सम्मेलन गर्दै मन्त्रालयले गएको २४ घण्टामा १८९ संक्रमित थपिएको जानकारी दिएको छ। यो सँगै, नेपालमा संक्रमितकाे संख्या एक हजार ४०१ पुगेको छ।
संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने २१९ जना निको भएर घर फर्किएका छन्।
मन्त्रालयले शनिबारसम्म पीसीआरबाट ६६ हजारको परीक्षण गरिएको जानकारी दिएको छ। त्यस मध्ये ६५ हजार ३२८ जनामा संक्रमण देखिएको छैन।
क्वारेन्टिनमा बस्नेहरुको संख्या भने शनिबार दश हजार बढी बढेको छ। शुक्रबारसम्म ९९ हजार क्वारेन्टिनमा थिए।
शनिबारसम्म क्वारेन्टिनमा बस्नेको संख्या एक लाख १० हजार नाघेको छ। यस मध्ये एक हजार १७६ जना आइसोलेसनमा छन्।