भारत एसियाकै उच्च संक्रमित मुलुक, पछिल्लो २४ घण्टामा आठ हजार संक्रमित
भारतमा पछिल्लो २४ घण्टामा अहिले सम्मकै उच्च संख्यामा संक्रमित पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार, शुक्रबार बिहान देखिको २४ घण्टामा झण्डै आठ हजार संक्रमित पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा सात हजार ९६४ पुष्टि भएको छ भने २६५ जनाको मृत्यु भएको छ। यो सँगै, मृतक संख्या चार हजार ९७१ पुगेको छ।
शनिबार बिहानसम्म भारतमा एक लाख ७३ जनामा संक्रमण पुष्टि भएको छ। यो संख्या एसियाली देशहरुमै उच्च हो। मृतक संख्या भने इरानमा धेरै छ। एक लाख ४६ हजार संक्रमित देखिएको इरानमा सात हजार ६७७ जनाको मृत्यु भएको छ।
महामारी पहिलो पटक देखिएको चीन भने प्रभावित हुने एसियाली देशहरुमा चौथो स्थानमा छ। चीनमा अहिले संक्रमित संख्या ६३ जना मात्रै छन्। चीनमा देखिएका ८३ हजार संक्रमितमध्ये ७८ हजार भन्दा बढी बिरामी निको भएका छन् भने चार हजार ६३४ जनाको मृत्यु भयो।
विश्वभर ६० लाख संक्रमित भएकोमा तीन लाख ६६ हजारको मृत्यु भएको छ भने २६ लाख ६१ हजार बिरामी निको भएर घर फर्किएका छन्।