क्वारेन्टिनमा बसेका युवकको मृत्यु
-यज्ञराज थापा, दैलेख
दैलेखको दुल्लु नगरपालिका–७ किर्तीखम्ब स्थित क्वारेन्टिनमा बसेका एक युवकको मृत्यु भएको छ।
भारतको गुजरातबाट घर फर्किएका ती युवकको शनिबार विहान मृत्यु भएको हो। विहानको खाजा खाएर सुतेका केही समयमा उनी मृत भेटिएको भेटिएको स्थानीय जितेन्द्र थापाले जानकारी दिए।
शुक्रबार मात्रै पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गरी सुर्खेतस्थित प्रदेश अस्पतालमा पठाइएको थियो। उनको कोरोना रिपोर्ट आउन बाँकी छ। ३५ वर्षीय मृतक युवक दुल्लु नगरपालिका–११ कालभैरवका रहेको बुझिएको छ।