दर्ता भएन जनता समाजवादी पार्टीको संविधान संशाेधन प्रस्ताव
जनता समाजवादी पार्टीको संविधान संशोधन प्रस्ताव संसद् सचिवालयले सभामुखसँग छलफल गर्नुपर्ने भन्दै दर्ता गर्न अस्वीकार गरिदिएको छ । राजपा नेपालको संसदीय दलका नेता महन्थ ठाकुरसहित केशव झालगायत नेताहरू संशाेधन प्रस्ताव दर्ता गराउन शुक्रबार साँझ संघीय संसद् सचिवालय पुगेका थिए।
संसद् सचिवालयका महासचिवले सभामुखसँग छलफल गर्नुपर्ने भन्दै समय मागेपछि प्रस्ताव दर्ता हुन नसकेको राजपा नेता केशव झाले हिमाललाई जानकारी दिए।
"हामीले लिएको प्रस्तावलाई संसद सचिवालयका महासचिवले सभामुखसँग छलफल गर्नुपर्ने भन्दै दर्ता गर्न मानेनन्। उनले आइतबार आउनुहोला म छलफल गरेर निर्णय लिनेछु भनेे", नेता झाले भने "संविधान संसदमा टेबल गर्दा छलफल आवश्यक पर्ने हो । तर, दर्ता गर्न पनि मानेनन् । अब आइतबारसम्म कुर्छौं ।"