पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण भेटियो, संक्रमितको संख्या १,२१२ पुग्यो
पछिल्लो २४ घण्टामा नेपालमा १७० जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १,२१२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले संक्रमितको संख्या १,२१२ पुगेको जानकारी दिए ।
पछिल्लो २४ घण्टामा संक्रमित हुनेमा झापाका २८, सप्तरीका ४, बाराका ४, पर्साका ५, म्याग्दीका १, बाँकेका १०, नवलपरासी बर्दघाटका २, कपिलवस्तुका ५१, रौटहटका ५६, सर्लाहीका ५, रुपन्देहीका १ र दाङका २ जना रहेका छन्।
संक्रमितमध्ये पछिल्लो २४ घण्टामा १९ जना डिस्चार्ज भएका छन् भने हालसम्म २०६ जना निको भएर घर फर्किइसकेका छन् । मन्त्रालयका अनुसार मंगलबारसम्म नेपालमा आरडीटी विधिबाट १ लाख ५ हजार ४ सय ७८ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ६४ हजार १ सय ४४ परीक्षणहरु गरिएका छन् ।
शुक्रबारको अपडेटमा क्वारेन्टाइनमा ९९,३३६ जना रहेका छन् भने १,००० जना आइसोलेसनमा रहेका छन् । संक्रमणबाट ६ जनाको ज्यान गइसकेको छ ।