कोरोना संक्रमित उच्च सैनिक अधिकारी र चिकित्सक अस्पतालबाट डिस्चार्ज
कोरोनाभाइरस संक्रमित नेपाली सेनाकाे मध्यपूर्वी पृतनाका उच्च सैनिक अधिकारी र एक चिकित्सक उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनीहरू दुवैमा काेरोना संक्रमण पुष्टि भएपछि ३ जेठमा काठमाडौं बलम्बुस्थित सशस्त्र प्रहरीकाे काेराेना विशेष अस्पतालमा राखेर उपचार गरिएकाे थियाे।
उपचारपछि दुबैकाे दुई पटक गरिएको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएर शुक्रबार डिस्चार्ज गरिएकाे सैनिक स्रोतले जनाएको छ।
सेनाले आफ्ना अधिकारीमा कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि पृतना नै सिल गरेर सम्पर्कमा रहेकाहरूकाे परीक्षण गरिरहेकाे छ। पृतनामा २१९ जनाकाे पीसीआर र ३४० जनाकाे आरडीटी विधिबाट परीक्षण गरिएकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएकाे छ।
सम्बन्धित समाचार- संक्रमित सैनिक उच्चअधिकारीसँगै एउटै कार्यक्रममा सहभागी थिए, प्रदेश-२ का मुख्यमन्त्री र मन्त्री