कांग्रेस संसदीय दलको बैठक शुक्रबार
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शुक्रबार संसदीय दलको बैठक बोलाएको छ ।
विज्ञप्ती जारी शुक्रबार दिउँसो १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बैठक बोलाइएको छ । प्रमुख सचेतक बालकृष्ण खाँडले समसामयिक राजनीतिक घटनाक्रम र संविधान संशोधन बारे छलफल गर्न बैठक बोलाएको बताए ।
कांग्रेसले शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्य समितिको बैठक बोलाएको छ। कांग्रेसले संविधान संशोधनको पक्षमा उभिने बताए पनि यसबारे निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलाएको छ।
त्यस अगाडि बिहीबार प्रस्तुत गरिएको बजेट र संविधान संशोधनबारे छलफल गर्न दलको बैठक बोलाइएको प्रमुख सचेतक खाँडले बताए।