आर्थिक वृद्धिको लक्ष्य ७ प्रतिशत
सरकारले आगामी आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ।
अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै यो आर्थिक वृद्धिदरको लक्ष्य प्रस्तुत गरेका हुन्।
कोरोनाभाइरसको संक्रमणका कारण अर्थव्यवस्थामा संकट आएको बेला अर्थमन्त्रीले भने उच्च आर्थिक वृद्धिदरको लक्ष्य सार्वजनिक गरेका हुन्। चालु आर्थिक वर्षमा ८।५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखिएकोमा २।३ प्रतिशत मात्रै हासिल हुने प्रारम्भिक आकलन केन्द्रीय तथ्यांक विभागले गरेको छ।
अर्थमन्त्री डा. खतिवडाले आगामी आर्थिक वर्षमा मूल्यवृद्धिलाई ७ प्रतिशतको सीमामा राखिने पनि बताए।