सरकारी कर्मचारीको भत्ता खारेज, मितव्ययिता अपनाइने
सरकारले मितव्ययिताको नीति लागू गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षमा सरकारी कर्मचारीले पाउँदै आएका प्रोत्साहन भत्ता, खाजा भत्ता सहितका विभिन्न भत्ता खारेजीको निर्णय गरेका हुन्।
राजस्व संकलनमा आउने संकुचनलाई ध्यान दिँदै आगामी आर्थिक वर्षमा प्रशासनिक खर्चमा मितव्ययिता अपनाइने बजेटमा उल्लेख छ। गोष्ठी सेमिनार, सवारी साधन खर्च, मर्मत, इन्धन, फर्निचर खरीद आदिमा उल्लेख बजेट कटौती गरिएको छ। त्यस्तै, विभिन्न समिति, बोर्ड आदिको खर्च र अनुदानमा कटौती गरिएको छ।