सशस्त्रका ३९ बोर्डर आउट पोष्ट थपिने, सेनाको बंकर टु ब्यारेकलाई निरन्तरता
सरकारले यस आर्थिक वर्षभित्रै सशस्त्र प्रहरीका ३९ वटा बोर्डर आउट पोष्ट (बीओपी) थप्ने निर्णय गरेको छ।
यसका लागि आवश्यक बजेटको ब्यवस्था बजेटमा गरिएको अर्थमन्त्री युवराज खतिवडाले बजेट भाषणमा बताएका हुन्। सशस्त्रले २२१ वटा बोर्डर आउट पोष्ट राख्ने योजना अनुसार काम गरिरहेको छ।
यसमा ३९ वटा थप भएका हुन्। यस्तै यसपटकको बजेटमा समेत बंकरमा रहेका सेनालाई ब्यारेक भवन बनाएर सार्न बजेट बिनियोजन भएको छ। सरकारले २०६८ को बजेटमा ल्याएको बंकर टु ब्यारेक कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षसम्ममा १० अर्व रूपैयाँ बजेट बिनियोजन भएको छ । जसमा गत आर्थिक वर्ष बाहेक मात्रै साढे ९ अर्व रूपैयाँ खर्च भइसकेको छ ।
सरकारले सेना र राष्ट्रिय अनुसन्धान विभागलाई प्रविधि युक्त अनुसन्धानका लागि आवश्यक उपकरण तथा प्रविधि खरीदका लागि बजेटको ब्यवस्था गरिएको हो।
सरकारले नेपाल प्रहरीको अनुसन्धानलाई प्रभावकारी बनाउन सातै प्रदेशमा विधि विज्ञान प्रयोगशालाका साथै साधन स्रोत युक्त बनाउन बजेट ब्यवस्था गरेको हो।